प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
मंसिर २०७८
कञ्चनपुरमा बिभिन्न देशका मुद्रा, ल्यापटप र सुनका जस्ता देखिने गर-गहना सहित २ जना पक्राउ ।
२०७८-०८-०१

मिति २०७८।०७।२२ गते भारतको सदाशिव नगर बेङ्लोर बस्ने भेन्की पिन्च स्कोटीको घर बाट जिल्ला जुम्ला, साबिक कुडारी गा.बि.स.वडा न.४ घर भई हाल जिल्ला  कैलाली, लम्की-चुहा न.पा.वडा न.४ बस्ने हुकुम शाहीकी श्रीमती बर्ष ३८ की बिष्णु कुमारी सिह (शाही) र जिल्ला कञ्चनपुर, बेलौरी न.पा १ फटैया बस्ने  बर्ष ३८ को लाल बहादुर शाहीले निज भेन्की पिन्च स्कोटीको घरको लकर तोडफोड गरी  निम्न परिमाणका नगद , सुनका जस्ता देखिने गरगहना चोरी गरी भागी आफ्नो घर जिल्ला कञ्चनपुर, बेलौरी न.पा १ फटैया स्थित लाल बहादुर शाहीको घरमा लुकाई छिपाई राखेको छ भनि भारतिय प्रहरीले जानकारी गराएकोमा मिति २०७८।०७।३० गते बिहान अ.०३;०० बजेको समयमा ई.प्र.का.त्रिभुबनबस्ती कञ्चनपुर, BOP पुनर्बास र BOP आपतालबाट खटि गएको संयुक्त प्रहरी टोलीले जिल्ला कञ्चनपुर, बेलौरी नगरपालिका वडा न.१ फटैया स्थित  लाल बहादुर शाहीको घरमा लुकाई छिपाई राखेको निम्न परिणामका बिभिन्न किसिमका सुनका जस्ता देखिने गर-गहना,मुर्ति ,बिभिन्न देशका बिभिन्न दरका नोटहरु र ल्यापटपहरु फेला पारी बरामद गरि निज लाल बहादुर शाही र बिष्णु कुमारी सिह (शाही)लाई पक्राउ गरी  प्रारम्भिक अनुसन्धान पश्चात आवश्यक कार्बाहिको लागि उल्लेखित दुबैजनालाई बरामद  सामानहरु सहित ई.प्र.का. बेलौरी कञ्चनपुरको नियन्त्रणमा राकिएको ।निम्न:-१       DELL कम्पनिको ल्यापटप थान १(एक) र APPLE कम्पनिको ल्यापटप थान ३ (तिन) गरी जम्मा ल्यापटप थान ४ (चार)  ।बरामद रकम:-२       भारतीय रु ४३,९०० (त्रिचालिस हजार दुई सय ), हङकङ डरल ४० (चालीस), थाईलेण्ड भाट १,२६०(एक हजार दुई सय साठी ), USA $१००५ (एक हजार पाच), क्यानडियन डलर २,८१० (दुई हजार आठ सय दश), मलेसियन रिंगिट २३ (तेईस), सिंगापुर डलर १८ (अठार), कतार रियाल १ (एक), दुबई दिराम १३० (एक सय तिस) र चाईनिज युवान १६१ (एक सय एकस्ठ्ठी)  ।बरामद भएको सुन जस्ता देखिने पहेला धातुका गरगहनाहरु:-१)    पथ्थर सहित १,४७१.१८ ग्राम ।२)    बिना पथ्थर ४३९.८९ ग्राम । ३)    बिभिन्न रंगका पथ्थरहरु १ के.जी.९९८.४१ ग्राम ।